
काठमाडाैं । कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ ।
सर्वोच्च अदातलका न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा आजबाट निरन्तर सुनुवाइको लागि पेशी तोकीए पनि हेर्न नमिल्नेमा परेको हो ।
गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले साउन ७ गतेबाट निरन्तर सुनुवाइ गर्ने आदेश गर्दै मुद्दा को अन्तिम टुङ्गो नलागेसम्म दिर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगर्न / नगराउन अन्तरिम आदेश जारि गरेको थियो ।
गत असार २२ गते कोशी प्रदेशमा सभामुख बाबुराम गौतमको समेत समथर्नमा गठन भएको उद्धव थापा नेतृत्वको सरकार असंवैधानिक भएको भन्दै नेकपा एमालेका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्