१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


प्रधानमन्त्री दाहाल र चिनियाँ नेता युआनबीच भर्चुअल संवाद


455
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता च्या च्युनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले आइतबार भर्चुअल संवाद गर्नुभएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार च्या च्युन र प्रधानमन्त्री दाहालबीच आइतबार दिउँसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको हो ।

संवाद क्रममा प्रधानमन्त्रीले चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका च्या च्युनलाई न्यानो स्वागत गर्नुभयो । भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको थियो ।