२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अफगानिस्तान र पाकिस्तान बाढीको चपेटामा, ४४ जनाको मृत्यु


234
Shares

एजेन्सी । अफगानिस्तान र पाकिस्तानमा भारी वर्षा र बाढी पहिरोमा ४४ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अफगानिस्तानमा ३१ जना र पाकिस्तानमा १३ जनाको मृत्यु भएको हो भने थुप्रै बेपत्ता भएका छन् । अफगानिस्तानमा जारी वर्षाको प्रभाव छिमेकी देश पाकिस्तानमा पर्दा हजारौं मानिस बिस्थापित भएका छन्

। अफगानिस्तानमा पहिरोमा पुरिएर घाइते भएका ७४ जनाको उपचार भइरहेको छ भने काबुल लगाएत पश्चिमी क्षेत्र बर्दक प्रान्त बाढीको चपेटामा पर्दा प्रभावितहरुलाई स्थानान्तरण गरिएको छ । बाढीले २ सय ५० भन्दा बढी चौपाया बगाएको छ ।

पाकिस्तानमा पनि अधिकांश शहर जलमग्न हुँदा जनजीवन प्रभावित बनेको छ । बाढीका कारण दुबै देशको खेतीयोग्य जमिन बगाएर नष्ट भएको छ । यो वर्षको अप्रील महिनादेखि दक्षिण एशियाली मुलुकहरु लगातारको वर्षा, खडेरी र प्राकृतिक प्रकोपको सामना गरिरहेका छन् ।

अफगानिस्तानमा प्रत्येक वर्ष प्राकृतिक प्रकोपले २ लाख मानिस प्रभावित हुने गरेका छन् ।