
काठमाडौं । चितवनमा गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट ५ जना र गैँडाको आक्रमणबाट ५ जनाको मृत्यु भएको हो भने २ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
मृतकका परिवारलाई जनही १० लाखका दरले राहत प्रदान गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । निकुञ्जका अनुसार जङ्गली जनावरको आक्रमणबाट गम्भीर घाइते भएका ३१ र सामान्य घाइते भएका २७ जना छन् ।
यस्तै, जङ्गली जनावरको आक्रमणबाट २ सय ३४ वटा पशुधन क्षति भएको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्