
फाइल तस्बिर
काठमाडौं । आइतबार काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ ।
काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतबार साँझ १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए । उहाँको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिनुभयो ।
सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए ।
मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्