
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको सोमबारको बैठक शुरु भएको छ ।
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको हो । आजको बैठकमा यस अघि बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरुले बोल्ने र त्यसपछि पार्टी सभापति र महामन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ । बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनुहुनेछ ।
गत असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।बैठकमा प्रस्तुत भएको १० एजेन्डाबारे आज सोमबार वा मंगलबार निर्णय हुने बताईएको छ । महामन्त्री थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजनालाई भने केन्द्रिय समितिले पारित गर्छ वा गर्दैन भन्नेबारे खुलाइएको छैन ।
प्रतिक्रिया दिनुहोस्