१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चमेलिया जलविद्युत आयोजनाकाे उद्घाटन


663
Shares

काठमाडौं । ४० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको सफल उत्पादन परीक्षणसँगै नियमित विद्युत उत्पादन थालिएको छ ।

बैतडी र दार्चुलाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको सफल परीक्षणपछि आज उद्घाटन गरिएको छ ।

आयोजनाको साेमबार मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र अपी पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

दार्चुलाको मार्मा गाउँपालिका –१ किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका –२ घट्टीगाडमा रहेको यो आयोजना निजी क्षेत्रको लगानीमा निर्माण भएको सुदूरपश्चिमकै पहिलो ठूलो जलविद्युत आयोजना हो ।

२०७७ माघ महिनादेखि निर्माण सुरु भएको आयोजना लक्षभन्दा ६ महिना अघि नै निर्माण सम्पन्न भएको हाे । आयोजनाको कुल लागत ८ अर्ब रुपैयाँ पुगेको जनाइएको छ ।

आयोजनाको ६ हजार १ सय मिटर लामो पेन्सटक पाइपलाइन, तीन वटा टर्वाइन, जेनेरेटर र अन्य उपकरणको परीक्षण सफल भएपछि नियमित विद्युत उत्पादन थालिएको हो ।