
पर्वत । एमाले नेता महेश बस्नेतले सरकारको सेटिङमै ठूलो परिमाणमा सुन तस्करी भएको आरोप लगाउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल पर्वतको जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रममा नेता बस्नेतले सुन तस्करी काण्डमा प्रधानमन्त्री, अर्थमन्त्री र गृहमन्त्रीको मिलेमतो रहेको दाबी गर्नुभयो ।
उहाँले यो काण्डमा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै निष्पक्ष छानविन गरी दोषीलाई कुनैपनि अवस्थामा उन्मुक्ति दिन नहुने बताउनुभयो ।
नेता बस्नेतले गृह र अर्थ मन्त्रालय एवं प्रधानमन्त्री कार्यालयको मिलेमतो बिना विमानस्थलबाट अवैध सामान भित्रन नसक्ने भन्दै नैतिकताका आधारमा गृहमन्त्रीले राजीनामा दिनु बाहेक बिकल्प नरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्