२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


राजनीतिमा उमेर नभइ एजेण्डा महत्वपूर्ण हुन्छ : महामन्त्री शर्मा


286
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि एग्जिट पोलिसीको आवश्यकता रहेको बताउनुभएको छ ।

सोमबार बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक दलहरुले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने बताउनुभयो ।

महामन्त्री शर्माले राजनीतिमा उमेर नभइ एजेण्डा महत्वपूर्ण हुने भएपनि महत्वपूर्ण पदहरुमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको बताउनुभयो ।

महामन्त्री शर्माले विभिन्न नयाँ दलहरुले मिसन २०८४ सञ्चालन गरेपनि २०८४ मा २००७ सालको जस्तो क्रान्ती नभइ मात्र निर्वाचन हुने बताउनुभयो । उहाँले पार्टीको कुनै सदस्यले कालो मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिनु नहुने बताउनुभयो ।

महामन्त्री शर्माले कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गर्नुभयो । उहाँले एक पटक हारिसकेका व्यक्तिलाई सो भन्दा ठूलो पदमा सोही समयमा राख्न नसक्ने गरी काँग्रेस अघि बढ्नुपर्ने बताउनुभयो ।