१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्वीट्जरल्याण्डमा आएको तुफानमा परी १ जनाको मृत्यु


598
Shares

एजेन्सी । स्वीट्जरल्याण्डमा तेज गतीमा आएको तुफानमा परि १ जनाको मृत्यु भएको छ ।

तुफानका कारण ५० भन्दा बढी घरहरु भत्केका छन् । प्रतिघण्टा १ सय ३५ माइलको बेगमा आएको तुफानको प्रभाव स्वीट्जरल्याण्डको पहाडी इलाका न्युचैटेलमा परेको छ । त्यहाँका अधिकांश घरहरुमा ध्वस्त भएका छन् छ ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सो क्षेत्रमा रहेको रेलवे स्टेशनमा क्रेनहरु खस्दा रेलवे सेवा अवरुद्ध बनेको छ । तुफानले सयौं गाडीहरुमा समेत क्षति पुर्‍याएको छ ।

मौसममा सामान्य रहेकाबेला एक्कासी आएको तुफान पुनः आउने सक्ने बताइएको छ ।