
काठमाडौं । सुनसरीको धरानमा डेंगुका कारण ६ जनाको मृत्यु भए पछि डेंगुका बिरामीलाई उपचार गर्न छुट्टै डेंगु शैया सञ्चालनमा ल्याईएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० शैया सञ्चालनमा ल्याएको हो । प्रतिष्ठानको सेन्ट्रल इमर्जेन्सी र डेंगु क्लिनिकले धान्न नसकेपछि छुट्टै डेंगु शैया सञ्चालनमा ल्याइएको प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीले जानकारी दिनुभयो ।
सय शैया क्षमताको कोभिड–१९ अस्पताललाई तत्कालका लागि डेंगु अस्पतालको रुपमा परिवर्तन गरिएको हो । पछिल्ला दुई दिनमा ५० शैयाको डेंगु वार्ड विरामीले भरिभराउ भएको छ ।
अस्पतालमा अहिले दैनिक ६० देखि ७५ जना डेंगुका सङ्क्रमित आउने गरेको पनि अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्