१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


महामन्त्रीले केन्द्रीय समितिमा राखेका कार्यक्रमको सही कार्यान्वयन गरौं : नेता बडू


195
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गर्नुभएका कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रीय समितिका एजेण्डा सही र व्यवस्थित रहेको बताउनुभयो ।

नेता बडूले महामन्त्रीले प्रस्तुत गर्नुभएको कार्यतालिका र कार्यक्रमहरु संस्थाको कार्यक्रम मानेर कार्यान्वयनका लागि एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले महामन्त्री थापाले प्रस्तुत गर्नुभएको कार्यक्रम कार्यान्वयन भए पार्टी राम्रोसँग अघि बढ्ने बताउनुभयो ।

नेता बडूले केन्द्रिय समितिको बैठकमा सबै एजेण्डामा धारणा राख्नलाई समय पर्याप्त हुन नसकेको गुनासो गर्नुभयो ।