२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


देशको राजनीतिक अवस्था खराब छ : विजयकुमार गच्छदार


143
Shares

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले देशको राजनीतिक अवस्था खराब रहेको बताउनुभएको छ ।

मंगलबार कांग्रेस नेता शशांक कोईरालाले आयोजना गर्नुभएको चियापान समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेता गच्छदारले नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको बताउनुभयो । उहाँले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुनेपनि बताउनुभयो । उहाँले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

नेता गच्छदारले नेपालको राजनीति अनिश्चितताको भुमरिमा फसेको बताउनुभयो ।