१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोशी प्रदेश सरकार गठनविरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा, आजदेखि सुनुवाइ


208
Shares

काठमाडौं । कोशी सरकारको वैधानिकता सम्बन्धि विवादमा सर्वोच्च अदालतको पूर्ण इजलाशमा सुनुवाई हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त मुद्दालाई पूर्ण इजलासमा पठाउन आदेश गरेको हो । मुद्दाको पेशी आजका लागि तोकिएकाले पूर्ण इजलासमा आजदेखि सुनुवाई हुने छ । गत आइतबारदेखि अन्तिम सुनुवाई हुने भनिएकोमा न्यायाधीश कुमार रेग्मीले मुद्दा हेर्न अस्वीकार गर्दा सुनुवाई हुन सकेको थिएन ।

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकार गठनका लागि चाहिने बहुमतको संख्या पु¥याउन हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको हो । थापा नेतृत्वको सरकारलाई सर्वोच्चले कुनै पनि दीर्घकालीन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।

कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दलको रुपमा छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री हिक्मत कार्कीले थापा सरकार बिरुद्ध सर्वाेच्चमा गत असार २२ मा रिट निवेदन दिनुभएको थियो ।