१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


महिला विश्वकपमा फिलिपिन्सको ऐतिहासिक जित


8.411k
Shares

काठमाडौं । अष्ट्रेलिया र न्यूजिल्याण्डमा जारी फिफा महिला विश्वकप २०२३ मा फिलिपिन्सले ऐतिहासिक जित निकालेको छ ।

आयोजक न्यूजिल्यान्डलाई पराजित गर्दै फिलिपिन्सले जारी महिला विश्वकपमा ऐतिहासिक जित निकालेको हो ।

न्यूजिल्याण्डको वालिङटन क्षेत्रिय रंगशालामा आज सम्पन्न खेलमा फिलिपिन्सले आयोजक न्यूजिल्यान्डलाई १–० ले पराजित गरेको हो । विश्वकपमा फिलिपिन्सको यो पहिलो जित हो । जितसँगै समूह ‘ए’ को फिलिपिन्सले दुई खेलमा तीन अंक जोड्दै अन्तिम १६ को सम्भावना जिवितै राखेको छ ।

पहिलो पराजय ब्यहोरेको न्यूजिल्यान्डको पनि दुई खेलबाट तीन अंक नै छ । खेलको २४औं मिनेटमा सरिना बोल्डेनले गरेको एक मात्र गोल फिलिपिन्सको जितमा निर्णायक बन्यो । बोल्डेनले सारा इग्भिसको क्रसलाई हेडमार्फत पोस्टको दिशा दिएकी हुन् ।

योसँगै बोल्डेन महिला विश्वकपमा फिलिपिन्सका लागि गोल गर्ने पहिलो खेलाडी समेत बनेकी छन् । फिलिपिन्स पहिलो पटक विश्वकप खेलिरहेको छ । पहिलो खेलमा फिलिपिन्स स्विट्जरल्यान्डसँग २–० ले पराजित भएको थियो ।