१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


छथर जोरपाटी गाउँपालिकाद्वारा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर संचालन


416
Shares

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर सञ्चालन गरेको छ ।

छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइले पालिककाका सबै वडामा सामाजिक सुरक्षा परिचय पत्र नवीकरण शिविर संचालन गरेको हो । शिविरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेहरुको परिचयपत्र नवीकरण गरिएको गाउँपालिकाको वडा नम्बर– ६ का वडा अध्यक्ष दिपक गुरुङ्गले जानकारी दिनु भयो ।

नागरिकहरुले स्थानीय सरकारबाट सहज रुपले सेवा पाउनु पर्छ भन्ने उदेश्यले सबै वडाका टोलहरुमा समेत शिविर संचालन गरिएको छ । छथर जोरपाटी गाउँपालिकामा समाजिक सुरक्षा भत्ता लिनेको संख्या १ हजार ७ सय ९८ जना रहेको जनाइएको छ ।