
काठमाडौं । खोलामा आएको बाढीले दाङको तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको स्कारपियोलाई बगाएको छ ।
तुलसीपुर उपमहानगरपालिका– १४ जनकपुरको स्थानीय खोलामा आएको बाढीले बा ११ च १५११ नम्बरको स्कारपियो बगाएको हो ।
स्कारपियोमा चालक मात्र रहेको र उनलाई स्थानीयले उद्धार गरेको प्रहरीले जनाएको छ । यस्तै सोमबार रातिदेखि लगातार परेको पानीले दाङको देउखुरी क्षेत्रका केही स्थानहरु डुबानमा परेका छन् ।
देउखुरीको राप्ती नदी र आसपासका खोलाहरुका कारण लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका र राजपुर गाउँपालिकाका विभिन्न बस्तीहरु डुबानमा परेका हुन् ।
कौडिया खोला र सिंगे खोलामा बाढी आउँदा तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुबानको उच्च जोखिममा परेकाले सतर्क रहन अपिल गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्