२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कांग्रेस केन्द्रीय समिति बैठक भारदारी सभाजस्तो भयो : गुरुराज घिमिरे


169
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टीको केन्द्रिय कार्यसमितिको बैठक भारदारी सभाजस्तो भएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित वर्तमान राजनीतिक चुनौतीहरु र नेपाली कांग्रेसको दायित्व विचार गोष्ठीमा बोल्दै उहाँले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक भारदारी सभा जस्तो भएको बताउनुभएको हो ।

नेता घिमिरेले महाराजको इशारा जता हुन्छ उतैतिर आवाज आएजस्तै पार्टी सभापतिले इशारा गरे अनुरुप बोल्ने गरिएको बताउनुभयो ।

नेता घिमिरेले कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँण आफ्नै कर्मका कारण भ्रष्टाचार मुद्दामा मुछिएको बताउनुभयो । आफ्नै कर्मका कारण मुद्दा लागेको भन्दै खाँणलाई दुःख नपरेको उल्लेख गर्नुभयो ।

दोषि भएमा खाँणलाईसमेत कारबाही गर्नुपर्ने उहाँको भनाई थियाे ।