
काठमाडौं । गत आइतबार काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले सामाखुशी, शोभाभगवती, बल्खु र चोभार गरी चार स्थानबाट खोजी कार्य जारी राखेको हो ।
बिहान ४ बजेदेखि रातीसम्म खोजी कार्य जारी राख्दा पनि बालक फेला परेको छैन । पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्ने १३ वर्षका साजन मगर गत आइतबार विद्यालयबाट फर्किएपछि खेल्न निस्केका उनलाई खोल्सीले बगाएको हो ।
उनलाई बगाएको खबर लगत्तै नेपाल प्रहरीका विभिन्न वृतका प्रहरी टोली र सशस्त्र प्रहरीको विपद व्यवस्थापनमा खटिने टोलीले खोजी कार्य जारी राखेको छ ।
प्रतिक्रिया दिनुहोस्