
काठमाडौं । पाँचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
पाँचथरको फिदिम नगरपालिका–२ मा मंगलबार ट्याक्सी अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा अन्य १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ जाँदै गरेको ट्याक्सी अनियन्त्रित भइ सडकबाट झण्डै दुई सय मिटर तल खसेको हो ।
प्रतिक्रिया दिनुहोस्