
एजेन्सी । रूसका रक्षामन्त्री सर्गेई ओगुयु उत्तर कोरियाको भ्रमणमा जानु हुने भएको छ ।
उत्तर कोरियाली युद्धविरामको ७० औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन ओगुयु जुलाई २५ देखि २७ सम्म दुई दिने भ्रमणका लागि उत्तर कोरिया जान लाग्नु भएको हो ।
उत्तर कोरियाले वार्षिकोत्सब कार्यक्रममा सहभागी हुन उत्तर कोरिया र चिनीया प्रतिनिधिमण्डलाई निम्तो दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । रक्षा मन्त्री ओगुयुका साथमा संयुक्त राष्ट्रसंघको एक सैन्य नेतृत्वमा रुसी सैन्य प्रतिनिधिमण्डल पनि सहभागी हुने भएका छन् ।
युद्धविरामको वार्षिकोत्सवमा चीनका पदस्थ ब्यक्तित्व सहभागी हुने चिनिया अधिकारीहरुले जनाएका छन् । प्योङयाङले युद्धविराममा हस्ताक्षर गरेको ७० वर्ष पूरा भएको अवसरलाई विजय दिवसका रुपमा मनाउन यो साता ठूलो सैन्य परेडलगायत कार्यक्रम आयोजना गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्