१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुदूरपश्चिमको मन्त्रिपरिषद् विस्तार भएन, भागबण्डा नमिलेको भन्दै केन्द्रको हस्तक्षेप


156
Shares

काठमाडौं । भागबण्डा नमिलेको भन्दै नागरिक उन्मुक्ति पार्टी तत्काल सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णयबाट पछि हटेको छ ।

नागरिक उन्मुक्ति पार्टीको प्रदेश संसदीय दलको बैठकले प्रदेशसभा सदस्य रामेश्वर चौधरी र कैलाश चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको थियो ।

सोहीअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई नियुक्त गर्ने तयारी गर्नुभएको थियो ।

तर, पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई पत्राचार गर्दै पार्टीको केन्द्रको निर्णय र सहमति अनुसार प्रदेश सरकारमा मन्त्रालयको भागबन्डा नमिलेको बताउदै सरकारमा सहभागी नहुने बताउनुभएको थियो ।

पार्टी केन्द्रबाट पत्र आएपछि आज तय भएको सरकार विस्तार रोकिएको संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिनुभयो । मुख्यमन्त्री शाहले हिजो नै नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराउने तय भएको थियो । तर अन्तिम समयमा रोकिएको छ ।