
एजेन्सी । अल्जेरियाको जंगलमा लागेको डढेलो ३ दिनपछी नियन्त्रणमा आएको छ ।
डढेलो बस्तीसम्म प्रवेश गर्दा ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आगलागी नियन्त्रणका लागि खटेका १० सैनिक पनि रहेका छन् । अल्जेरियाको उत्तरी इलाकामा रहेको बेजिया जंगलमा लागेको आगो बस्तीमा प्रवेश गर्दा थुप्रै घरहरु जलेका छन् ।
सयौं विस्थापितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । आगलागीमा १ सय ९३ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । ३ दिनअघि देखि लागेको डढेलो हजार भन्दा बढी अग्नीनियन्त्रक र विमानको प्रयासमा हाल नियन्त्रणमा आएको छ ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार डढेलोका कारण हजारौं हेक्टर जंगल नष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस्