२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सर्लाहीमा मोटरसाईकल दुर्घटनामा परि प्रहरीको मृत्यु


1.391k
Shares

सर्लाही । सर्लाहीमा भएको मोटरसाईकल दुर्घटनामा राष्ट्रिय अनुसन्धान विभागका इन्सपेक्टरको मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा मोटरसाइकल दुर्घटनामा परेर मंगलबार राति २९ वर्षीय इन्स्पेक्टर वसन्त साहको मृत्यु भएको हो ।

ड्युटी सकेर राति मलंगवाबाट घरतर्फ फर्किदै गर्दा साहको मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।