
काठमाडौं । एशिया कपको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार श्रीलंकाको स्थानीय क्लब ब्लुमफिल्ड क्रिकेटसँग पहिलो अभ्यास खेल खेलिरहेको छ ।
श्रीलंकाको राष्ट्रिय खेलाडीहरु समेत रहेको उक्त क्लब र नेपालबीच बिहान १० बजेदेखि खेल भईरहेको छ ।
सो क्लवसँग नेपालले चार वटा अभ्यास खेल खेल्ने कार्यतालिका रहेको छ ।
नेपालले एसिया कपमा भारत, पाकिस्तान र श्रीलंकासँग खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्