१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सिन्धुलीको मरिणमा १५ शैय्याको अस्पताल निर्माण हुने


793
Shares

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ ।

अस्पताल भवनको सिन्धुली क्षेत्र नम्बर २ का सांसद एवं माओवादी केन्द्रका नेता राजन दाहाल (लेखनाथ)ले एक कार्यक्रमकाबीच सिलान्यास गर्नुभएको छ । सो अस्पताल गाउँपालिकाको वडा नम्बर ७ महेश्वतामा निर्माण हुन लागेको हो । आगामी आर्थिक वर्ष २०८१\०८२ को मंसिर सम्ममा सक्ने गरी अस्पताल भवनको शिलान्यास गरिएको हो । उक्त अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनीले २०७९ पुस २५ गते सम्झौता गरेको थियो ।

संघीय सरकारको १६ करोड ७१ लाख ५८ हजार २ सय ५७ रुपैयाँको लागतमा अस्पताल भवन निर्माण हुन थालेको हो । सो अवरसमा सांसद दाहालले अस्पताल भवन तोकिएकै समयमा सम्पन्न गर्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभयो । उहाँले अस्पताल निर्माणले स्थानीयलाई स्वास्थ्य उपचारमा सहज हुने पनि विश्वास व्यक्त गर्नुभयो । ४ हजार ७ सय ४० दशमलव ८४ वर्ग मिटर क्षेत्रफलमा सुविधा सम्पन्न अस्पताल निर्माण थालिएको गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रख्यात)ले सो कार्यक्रममा जानकारी दिनुभयो ।

१५ शैय्याको सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि मरिणबासी खुसी भएका छन् । अस्पताल बनेपछि उपचारका लागि टाढा जानु नपर्ने उनीहरुको विश्वास छ ।

सरकारले देशभरका सबै स्थानीय तहमा कम्तीमा १५ शैय्याको अस्पताल निर्माण गर्ने योजना अनुसार गाउँपालिकाले पनि भवन निर्माणको काम सुरुवात गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले जानकारी दिनुभयो ।