२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी पदाधिकारी बैठक ४ बजे पुनः बस्ने


117
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बेलुका ४ बजे पुनः बस्ने भएको छ ।

बुधबार बिहान ८ बजेबाट कोटोश्वरको पेरिस डाँडा स्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठक पुन : ४ बजे बस्नेगरी सकिएको हो । बैठक कार्यबाहक अध्यक्ष एवम् उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको हो ।

आगामी साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकको प्रारम्भिक एजेण्डा तय गर्न बैठक बसेको पाटी नेता कृष्ण बहादुर महराले जानकारी दिनुभयो ।