
काठमाडौं । लघुवित्त पीडितहरुले नयाँ बानेश्वरमा बिरोध प्रदर्शन गरेका छन् ।
‘लघुवित्तीय संस्थाबिरुद्धको संघर्ष समिति’ गठन गरी पीडितहरुले काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । बुधवार बिहान माईतीघर मण्डलामा भेला भइ संसद भवन घेराउ गर्न पुगेका उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । उनीहरुले लघुवित्त संस्था खारेज हुनुपर्ने लगायतका विभिन्न पाँच बुँदे माग अघि सारेका छन् ।
आफ्ना माग सम्बोधनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ । पीडितहरूले लुघवित्तलाई खारेज गर्नुपर्ने, साँवासहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुव्र्यवहार गर्नेलाई कारबाहीको माग गर्नुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्