१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सुन प्रकरणबारे छानबिनको माग गर्दै संसदमा रास्वपाको सार्वजनिक महत्वको प्रस्ताव


169
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुन तस्करी प्रकरणको विषयमा प्रतिनिधिसभा बैठकमा छानबिनको माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ ।

रास्वपाका सांसद निशा डाँगी,सन्तोष परियारसहितको १६ जना सांसद प्रस्तावक रहेको उक्त प्रस्तावमा सभापति रवि लामिछानेसहितका ४ जना सांसदहरुको समर्थन रहेको छ ।

रास्वपाले सुन तस्करी प्रकरणले राष्ट्रिय सुरक्षा, सक्षम, स्वच्छ, पारदर्शी,भ्रष्टाचारमुक्त र जनउत्तरदायी सार्वजनिक प्रशासनको अवधारणामा प्रश्न उठ्ने अवस्था सिर्जना भएको जनाएको छ । उक्त प्रस्तावमा सुन तस्करीको विषयलाई लिएर सरकार जवाफदेही बन्नुपर्ने र संसदमा गृहमन्त्रीले जवाफ दिनुपर्ने माग गरिएको छ ।

रास्वपाले सुन प्रकरण सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा भने नमाग्ने स्पष्ट पारेको छ । रास्वपाले यति ठूलो परिणामको सुन पत्ता नलागी कसरी भन्सार जाँचपास भयो भन्ने विषयमा अनुसन्धान गर्न सरकारसँग माग गरेको छ । बरामद भएका सुनको प्रयोगको सम्बन्धमा पनि रास्वपाले सरकारको स्पष्ट खाका माग गरेको छ ।