२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


सरकारलाई भ्रष्टाचारको अभियानमा कसैको अनुहार नहेरि अगाडि बढ्न पौडेलको आग्रह


949
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सरकारलाई भ्रष्टाचारको अभियानमा कसैको अनुहार नहेरि अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा पौडेलले भ्रष्टाचारविरूद्ध चालेको कदमप्रति सरकारलाई बधाई तथा शुभकामना दिँदै यो अभियानमा कसैको अनुहार नहेरि अगाडि बढ्न आग्रह गर्नुभएको हो ।

एमाले र नेपाली कांग्रेसका सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेपछि सांसद पौडेलले भ्रष्टाचारका विभिन्न प्रकरणमा सरकारले छानबिन अगाडि बढाएको विषयमा टाउको नदुखाउन सांसदहरूलाई आग्रह गर्नु भएको छ ।

नेता पौडेलले सरकारले भ्रष्टाचारको फाइल खोलेपछि सांसदहरुको टाउको दुख्न थालेको बताउनु भएको छ । उहाँले नेपालको भ्रष्टाचारको त्यस्तो अवस्थालाई सुधार गर्न सरकारले सकारात्मक काम गर्दा साथ दिनुपर्नेमा उल्टो राजीनमा मागिएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हाे ।