१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राज्यको अंग कमजोर भएकै कारण विमानस्थलबाट सुन उम्कियो : राजेन्द्रप्रसाद पाण्डे


91
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले राज्यको अंग कमजोर भएकै कारण सुन तस्कर भएको बताउनुभएको छ ।

बुधवार काठमाडौमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा अंग कमजोर हुँदा अर्को सरकारको अंगले पक्राउ गर्नु राम्रो पक्ष भएको बताउनु भयो । उहाँले सरकारका सबैखाले अंगहरु चुस्त र दुरुस्त हुनुपर्ने बताउनु भयो । उहाँले सेटिङ बिग्रिएर सुन समातियो भन्ने बाहिरि आशंका रहेको भन्दै कुनैपनि भ्रष्टाचारजन्य र तस्करीजन्य गतिविधिमा पूर्ण रुपमा नियन्त्रण गर्नेगरी राज्य उभिनुपर्ने बताउनु भयो । उहाँले राज्यले भ्रष्टाचारजन्य गतिविधिहरु नियन्त्रणका लागि राम्रोसँग काम गर्नुपर्नेमा जोड दिनुभयो ।

एकीकृत समाजवादीले सुन तस्करी प्रकरणमा गृहमन्त्री वा अन्य मन्त्रीहरुको राजीनामा मागेर अनुसन्धान बिथोल्ने काम भए त्यसको बिरोधमा पार्टी रहने स्पष्ट पारेको छ ।