
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बौदिकाली गाउँपालिका–६ मा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।
बौदिकाली–६ माझडाँडाका ९९ वर्षीया लिला आले र ६६ वर्षीया उमाकुमारी आलेको जङ्गली च्याउ खाँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
उनीहरुले गएको शुक्रबार स्थानीय जङ्गलमा पाइने च्याउ पकाएर खाएका जनाइएको छ । जङ्गली च्याउ खाएर बिरामी भएका ललिता आले मगर, तारा आले र खगिरसार सिञ्जाली उपचारपछि निको भएका छन् ।
च्याउ खाएर बिरामी भएका लिला र उमाकुमारीलाई स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो ।
प्रतिक्रिया दिनुहोस्