१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


श्रीलंकाली क्लब ब्लूमफिल्डसँग नेपाल ६ विकेटले पराजित


15.522k
Shares

काठमाडौं । नेपाली क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंकाको घरेलुक्लब ब्लूमफिल्डसँग ६ विकेटले पराजित भएको छ ।

जितको लागि १ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ब्लूमफिल्ड क्लबले २४.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । उसको जितमा श्रीलंकाबाट यू–१९ क्रिकेट खेलिसकेका युवा ब्याटर हसिता बोयागोडाले ९० रनको आक्रामक इनिङ खेले ।

उनी प्रतिश जि.सीको बलमा अर्जुन साउदबाट क्याच आउट भएपछि शतक बनाउन चुकेका थिए । नेपालका स्पिनर सूर्य तामाङले ६ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए । प्रतिश जि.सीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४३.४ ओभरमा १ सय ९७ रनमा अल आउट भएको थियो । नेपालका ओपनर तथा विकेटकिपर अर्जुन साउदले सर्वाधिक ७९ रनको योगदान दिएपनि जिताउन सकेनन् । नेपालका अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

ब्लूमफिल्डका मलिन्डा परेरा, दिनेश समराविक्रमा, निमेश थारुणु र विनिनायाकेले समान दुई विकेट लिए । नेपालले एसिया कप अघि श्रीलंकामा विशेष तयारी गरेको छ । श्रीलंकाले अव तीन अभ्यास खेल खेल्नेछ ।