१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भन्सार एजेन्ट पराजुलीको रिटमा सर्वाेच्चको कारण देखाउ आदेश


2.691k
Shares

काठमाडौं । सर्वोच्च अदालतले झण्डै सय कीलो सुन प्रकरणमा पक्राउ परेका भन्सार एजेन्ट यादव पराजुलीले दायर गरेको रिट निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश कुमार चुडालको एकल ईजलासले रिट निवेदनका विपक्षी राजश्व अनुसनधान विभागलाई पराजुलीलाई प्रक्राउ गरिएको र थुनामा राख्नु पर्ने कारण माग गर्दे कारण देखाउ आदेश दिएको हो ।

मंगलबार सुन काण्डमा अनुसन्धानकालागि पक्राउ परेका पराजुलीको हकमा अधिवक्ता विक्रम भण्डारीले गैर कानुनी रुपमा थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नुभएको थियो । रिट निवेदनमा राजश्व अनुसन्धान विभागले अनुसन्धानका लागि पराजुलीलाई थुनामा राखेको निर्णयलाई बदर गर्न माग गरिएको छ ।

सुन विमानस्थलबाट बाहिर निकाल्न सहयोग गरेको र तस्करीसँग मिलेमतो हुनसक्ने भन्दै विभागले पराजुलीलाई नियन्त्रणमा लिएको थियो । साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो पसरमाणको सुन बाहिरिदै गर्दा राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।