२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थमन्त्री र गृहमन्त्रीको राजनीनामा माग्नुको कुनै तुक छैन : सांसद यादव


1.963k
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सुन तस्करी प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग्नुको कुनै तुक नभएको बताउनुभएको हो ।

सांसद यादवले कुनैपनि आरोपमा संलग्नता देखियो भने मात्रै राजीनामा मागिने बताउनुभयो । उहाँले तस्करी भएको सुनलाई राज्य आफैँले समातेको भन्दै यसकै आधारमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नतामाथि प्रश्न उठाउनु नहुने बताउनुभयो ।

सांसद यादवले सुन तस्करी प्रकरणको छानबिन गर्न बलियो आयोग नै बनाउनुपर्ने बताउनुभयो ।