१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रसुवागढी नाकामा चहलपहल बढ्दै


325
Shares

काठमाडौं । रसुवाको रसुवागढी नाकामा चहलपहल बढ्दै गएपछि त्यस क्षेत्रको रौनक बढेको छ ।

कोभिड–१९ पछि आवागमन बन्द भएको रसुवागढी नाका गत चैत १८ गतेदेखि पुनः सञ्चालनमा आएपछि व्यापारीक तथा पर्यटकीय गतिविधि बढेको हो ।

यो नाका हुँदै नेपाल भित्रने चिनियाँ पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । नाकामा दैनिक २५ देखि ३० पर्यटकको आवागमन हुने गरेको छ । चैत १८ देखि असार मसान्तसम्ममा रसुवागढी मितेरीपुलबाट ४६ देशका १० हजार ६ सय ७७ नागरिकले ओहोरदोहोर गरेकोमा २ हजार ८ सय ३७ चिनियाँ पर्यटक रहेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ ।

रसुवाका बासिन्दा केरूङतर्फ जाने र चिनियाँ नागरिक पनि टिमुरे तथा स्याफ्रुबेँसी घुम्न आउने गरेकाले सीमा क्षेत्रका नागरिक बीचको सम्बन्ध प्रगाढ बन्दै गएको स्थानीयले बताएका छन् ।

२०७२ सालको भूकम्पले रसुवागढीको अध्यागन कार्यालय भत्किएपछि त्यसभन्दा अगाडिका अभिलेखहरु नष्ट भएका छन् ।