
काठमाडौं । सन् २०२६ मा अमेरिका,क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा आयोजना हुने फिफा विश्वकपको एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओससँग खेल्ने भएको छ ।
बिहीबार मलेसियाको क्वालालम्पुरमा एसियन फुटबल कन्फेडेरेसन(एएफसी) ले निकालेको प्रारम्भिक चरणको ड्र मा नेपालले लाओस प्रतिद्वन्द्वी पाएको हो । नेपाल रहेको समूह ‘ए’ मा अफगानिस्तान,माल्दिभ्स,सिंगापुर,म्यानमार,कम्बोडिया,चाइनिज ताइपेइ, इन्डोनेसिया,हङकङ, चाइना र यमन रहेका छन् ।
प्रारम्भिक चरणको पहिलो लेग अक्टोबर १२ र दोस्रो लेग अक्टोबर १७ मा हुनेछ । अमेरिका, मेक्सिको र क्यानडामा हुने विश्वकप र साउदी अरेबियामा हुने एसियन कपको लागि एएफसीले पहिलो चरण र दोस्रो चरणका छनोट खेल खेलाउनेछ । जसमा ४८ टोलीको सहभागीता छ । दोस्रो चरणमा स्थान बनाउनेले सिधै एएफसी कप खेल्न पाउनेछन् । यसपटक फिफा विश्वकपमा ४८ राष्ट्रको सहभागीता हुनेछन् ।
एसियातर्फ नेपालसहित २० राष्ट्रले प्लेअफ खेल्नेछन् । यसबाट १० टोली दोस्रो चरणमा पुग्नेछन् । जहाँ २६ टोलीले स्थान पक्का गरिसकेका छन् । दोस्रो चरणबाट १० टोलीले अन्तिम चरणमा स्थान बनाउँनेछन् । जहाँ ३६ टोलीबीच ९ समूहमा रहेर प्रतिस्पर्धा हुनेछ । चार÷ चार राष्ट्रसहित बनेको समूहबाट विजेता र उपविजेताले एसियन कपमा स्थान बनाउनेछन् । यसैगरी विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्