१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सिंगो देश मिटरब्याज पीडितको पक्षमा छ : मन्त्री गुरुङ


130
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताउनुभयो ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै कानूनमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताउनुभयो ।

कानूनमन्त्री गुरुङले सामन्तवादका अवशेषहरुको अन्त्यका लागि सबै राजनीतिक दलहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको बताउनुभयो । उहाँले विधेयकको रुप फेरिएपनि सार नफेरिएकोप्रति माफी माग्दै आगामी दिनमा सरकारले त्यस्ता कमी कमजोरी नगर्ने बताउनुभयो ।