२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाढी पहिरोबाट हालसम्म ३१ जनाको मृत्यु


1.001k
Shares

काठमाडौं । यस वर्षको मनसुनजन्य विपद्बाट हालसम्म ३१ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयअन्तर्गत विपद् पूर्वतयारी प्रतिकार्य शाखाका अनुसार यस वर्ष मनसुन सुरू भएयता बाढी–पहिरोबाट २४ जना बेपत्ता छन् भने ३४ जना घाइते छन् ।

९५ वटा घर पूर्णरूपमा क्षतिग्रस्त बनेका छन् भने १८४ घरमा आंशिक क्षति पुगेको छ ।

महाशाखाका अनुसार बाढी–पहिरोबाट संखुवासभामा सबैभन्दा बढी क्षति पुगेको छ । गत असार पहिलो साता आएको बाढीबाट संखुवासभामा ४ जनाको मृत्यु भएको थियो भने भने १८ जना अझै बेपत्ता छन् ।

ताप्लेजुङको पहिरामा ३ जनाको मृत्यु भएको घ भने ३ जना अझै बेपत्ता छन् । पाँचथरको बाढीमा पनि ३ जनाको मृत्यु भएको थियो भनेर ३ जना अझै भेटिएका छैनन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकणले यस वर्ष बाढी–पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने प्रक्षेपण गरेको थियो ।

२ लाख ८६ हजार ९९८ घरधुरी प्रभावित हुने उसको आकलन छ ।