७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


लाइभ बैठकको बुमेर्‍याङ


182
Shares

काठमाडौं । गत २ साउनदेखि शुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बुधबारको अन्तिम बैठकमा सभापति शेरबहादुर देउवाले संक्षिप्त सम्बोधन गरेका थिए भने उपसभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिको निर्णयकाबारे मा स्पष्ट पारेका थिए ।

सभापति देउवाले अत्यन्तै संक्षिप्त मन्तव्य राख्दै कम आलोचना भएकोमा धन्यवाद दिए र पुराना कांग्रेसी नेता सूर्यप्रसाद उपाध्यायको पुनस्र्थापनाको निर्णयको जानकारी दिए । महामन्त्री गगन थापाद्वारा प्रस्तुत एजेन्डामाथि झन्डै एकसाता लामो छलफलका आधारमा आवश्यक परिमार्जनसहित पारित गर्ने निर्णय भएको छ । शुरूमा नीति महाधिवेशन गर्ने भनिएतापनि कांग्रेसले आगामी ११ मंसिरदेखि १३ मंसिरसम्म महासमिति भेला गर्ने तय गरेको छ ।

कांग्रेसले सांगठनिक सुदृढीकरणका लागि २० साउनदेखि ३० साउनसम्म आन्तरिक अभियान चलाउने निर्णय गरेको छ । अभियानमा सदस्यता वितरण, तहगत समितिको क्रियाशीलता, यथार्थ विश्लेषण र संगठन सुदृढीकरण तथा सबलीकरणको काम हुने कांग्रेसले बताएको छ । यस्तै २७ साउनमा युवा र जलवायु परिवर्तनसम्बन्धी कार्यक्रम गर्ने निर्णय गरेको छ भने १० भदौदेखि २४ भदौसम्म ‘समुदायमा कांग्रेस’ नामक राष्ट्रव्यापी अभियान चलाउने निर्णय भएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।