८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


नयाँ सरकार गठन गर्ने सर्वोच्चको परमादेश


741
Shares

काठमाडौं । सर्वोच्च अदालतले उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन असंवैधानिक ठहर गर्दै नयाँ सरकार गठनका लागि परमादेश जारी गरेको छ ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले आगामी १७ साउनभित्र संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको प्रक्रिया थालनी गर्न पनि आदेश गरेको छ ।

सर्वोच्च अदालतले उद्धव थापालाई मुख्यमन्त्री नियुक्ति गरिएको प्रक्रियालाई उत्पेषणको आदेशले बदर गरेको हो । अदालतले सभामुखको हस्ताक्षर समावेश गरेर दाबी गरिएको सरकार गठनमा कानुनको पालना नभएको ठहर गरेको छ ।

कोशी प्रदेशमा थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षर प्रयोग भएको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।