
विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापालाई नियुक्त भएको २२ दिनमै पदमुक्त गराएर नयाँ सरकार गठनको लागि सर्वोच्च अदालतले दिएको ७ दिनको समयमा सरकार बन्ने सम्भावना अत्यन्तै न्यून देखिएको छ ।
अदालतले बिहीबार पुनः संविधानको धारा १६८ को उपधारा ९२० अनुसार नै नयाँ सरकार गठनका लागि बाटो खोलिदिएको छ । सर्वोच्चले सभामुखलाई सरकार गठनमा भूमिका खेल्न नपाउने फैसला सुनाएका कारण आगामी दिनमा सत्ता गठबन्धनले सभामुखलाई प्रयोग गर्नसक्ने बाटो बन्द भएकोे छ ।
जसले गर्दा एमाले नेतृत्वको सरकार ढालेर गठबन्धनको नेतृत्वमा सरकार बनाएको दलहरूले उपधारा ९२० अनुसार सरकार बनाउन आवश्यक बहुमत अर्थात ४७ सांसदको समर्थन ल्याउन सक्ने अवस्था देखिँदैन ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्