२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


महिला विश्वकप फुटबलमा अर्जेन्टिना र दक्षिण अफ्रिकाको खेल जारी


429
Shares

काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा अहिले अर्जेन्टिना र दक्षिण अफ्रिका भिडिरहेका छन् ।

न्युजिल्याण्डका डुनेडिनमा भईरहेको यो खेल समुह ‘जि’ को दोस्रो चरणको खेल हो । यो समुहको पहिलो चरणको खेलमा स्विडेन र इटाली विजयी भएका थिए । शुक्रबारै हुने समुह ‘डि’ का खेलहरुमा इंग्ल्याण्ड र डेनमार्क तथा चिन र हाइटी भिड्नेछन् ।

उता, अमेरिका र नेदरल्याण्ड्सले फिफा महिला विश्वकप फुटबलमा बराबरी खेलेका छन् । अघिल्लो विश्वकपका फाइनलिष्ट दुई टोलीबिच बिहीबार भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।

यो बराबरीपछि समुह ‘ई’ बाट नकआउट चरणमा पुग्ने समिकरण रोचक बनेको छ । दुई खेलबाट अमेरिका र नेदरल्याण्ड्सको ४–४ अंक भएको छ भने पोर्चुगलको ३ अंक छ । अंकबिहिन भियतनाम तालिकाको पुछारमा रहेको छ । बिहीबारै भएको खेलमा पोर्चुगलले भियतनामलाई २–० ले हराएको हो ।

उता समुह ‘बि’ को खेलमा आयोजक अष्ट्रेलियालाई नाइजेरियाले ३–२ ले हराएको छ । जितसँगै दुई खेलबाट ४ अंक जोडेको नाइजेरिया समुहको शिर्ष स्थानमा उक्लिंदा क्यानाडाको पनि समान ४ अंक छ । ३ अंक जोडेको अष्ट्रेलिया तेस्रो तथा अंकबिहिन आयरल्याण्ड चौथो स्थानमा छ ।