२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नेपाल प्रहरीद्वार ८ हजार ८९६ थान हतियार नष्ट


5.109k
Shares

काठमाडौं । नेपाल प्रहरीले देशका विभिन्न भागबाट बरामद गरिएका झण्डै नौ हजार हतियार नष्ट गरेको छ ।

विभिन्न ब्यक्तिहरुबाट जफत गरिएका तथा बेवारिसे रुपमा भेटिएका ८ हजार ८९६ थान हतियार प्रहरीले नष्ट गरेको हो ।

जलाएर नष्ट गरिएका हतियारमा ६ हजार ७४ थान भरुवा बन्दुक, १७७ थान बाह्रबोर बन्दुक, १ हजार ७६ थान विभिन्न प्रकारका पेस्तोल, २३२ थान म्याग्नम, २९ थान एअर गन, २२९ थान सर्टगन, ६२६ थान थ्री नट थ्री राइफल, ३३४ थान रिभल्बर, १० थान ग्यासगन, २५ थान हर्नेट र नाम नखुलेको ८४ थान बन्दुक रहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कोष तथा लेखा नियन्त्रण कार्यालय र बूढानीलकण्ठ नगरपालिका–११ का वडाअध्यक्ष लगायतको रोहबरमा कपनमा जलाएर ती हतियार नष्ट गरिएको हो ।

बरामद भएका हतियारहरुको व्यवस्थापनका लागि प्रहरी प्रधान कार्यालयले गठन गरेको प्राविधिक टोलीले दिएको सिफारिस अनुसार हतियार नष्ट गरिएको नेपाल प्रहरीले जनाएको छ ।