
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गर्नु भएको छ ।
राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गर्नु भएको हो ।
सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गर्नु भएको थियो ।
सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा शिवाकोटीले उक्त क्षेत्रको जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्