
काठमाडौं । पाल्पाको सिद्धबाबा क्षेत्रमा निर्माण भइरहेको सिद्धबाबा सुरुङ मार्गको दुवै ढोका पहिरोले बगाएको छ ।
अविरल वर्षाका कारण माथिबाट पहिरो खस्दा निर्माणाधीन सुरुङ मार्गको दुवैतर्फको ढोका भत्किएको सिद्धार्थ सुरुङ मार्ग आयोजनाले जनाएको छ ।
सुरुङ मार्गको माथिल्लो भाग रामापिथेकसनजिकै निर्माण भइरहेको ढोकामा माथिबाट ठुलो चट्टानसहितको पहिरो खसेको छ भने तल्लो भाग सिद्धबाबा मन्दिरनजिकैको सुरुङ मार्गको ढोका पनि पहिरोले बगाएको छ ।
चिनियाँ कम्पनीले एक हजार १ सय २६ मिटर लामो सुरुङ मार्ग बनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्