
फाइल तस्बिर
काठमाडौं । बलात्कार आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन्।
आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो।
साउन ५ गते रामेछाप घर भएकी २३ वर्षीया युवतीले पोखरेलविरूद्ध बलात्कारको उजुरी दिएकी थिइन्।
सोही उजुरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
पोखरेललाई त्रिपुरेश्वरबाट प्रहरीले पक्राउ गरेको हो।
प्रतिक्रिया दिनुहोस्