१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तनमा अलमलिएको अध्यक्ष तिमिल्सिनाको भनाई


104
Shares


ललितपुर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले वर्तमान राजनीतिक नेतृत्व मुलुकको अवस्था परिवर्तन गर्न अलमलिएको बताउनुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले निरंकुशताका अनेक जन्जालहरुलाई तोड्दै वर्तमान र यसअघिका राजनीतिक नेतृत्वले सुन्दर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालजस्तो शासन व्यवस्था ल्याउन महत्वपूर्ण योगदान दिएपनि नेपाली जनताको अवस्था परिवर्तन गर्न भने नसकेको तथ्य औंल्याउनुभएको हो । ‘योङ प्रोफेशनल फेलोसिप नेपाल–२०२३’ ले शुक्रवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूहरु र अघिल्लो पुस्ताको जीवन मुलुकको व्यवस्था परिवर्तनको आन्दोलनमा बितेको उल्लेख गर्दै युवा पुस्ताले मुलुकको अवस्था परिवर्तन गर्ने कामको जिम्मेवारी लिनुपर्ने बताउनु भयो ।

नेपाल स्वर्गजस्तो भएको र त्यसको अवस्था परिवर्तनको जिम्मेवारी युवा पुस्ताले लिनुपर्ने अध्यक्ष तिमिल्सिनाको भनाई थियो । उहाँले युवा पुस्तालाई नेतृत्वदायी भूमिकामा ल्याउन आफूले पहलकदमी लिँदै आएको जिकीर गर्दै त्यसलाई निरन्तरता दिइरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले युवा पुस्तालाई लागू पदार्थको दुव्र्यसन, सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुको सिको गर्दै हुने अपराधिक गतिविधिबाट मुक्त राख्दै सुसंस्कृतियुक्त, सभ्य र सहयोगी युवा पुस्ता तयार गर्नु आजको अहं सवाल रहेको समेत बताउनु भयो । उहाँले युवा पुस्तालाई सूचना र प्रविधि विकाससँग भित्रिएको नकारात्मक प्रभावमा पर्न नदिन पनि सचेत गराउनुपर्ने बताउनु भयो ।

अध्यक्ष तिमिल्सिनाले विश्वले चाहेको परिवर्तनको संवाहक युवा पुस्तालाई बनाउने काममा उत्प्रेरकको भूमिका निर्वाह गराउने काममा सबैको साथ र सहयोग आवश्यक रहेको समेत बताउनु भयो ।