
काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ)को अध्यक्षमा अनुराग गोयल चयन हुनुभएको छ ।
मञ्चको वार्षिक साधारण सभाले सन् २०२३/२०२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।
मञ्चको काठमाडौंमा भएको वार्षिक साधारण सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढिकरणमा उद्यमीहरुको महत्वपूर्ण भूमिमा रहेको बताउनुभयो ।
स्थापित युवा उद्यमीहरुलाई उद्यम बन्ने नविनतम् सोंच राखेका युवासँग सहकार्य गर्दै अगाडि बढाउन पनि उहाँले आग्रह गर्नुभयो ।
मुलुकको विद्यमान अर्थतन्त्र सुधारका लागि आफूले सक्दो प्रयास गरिरहेको अर्थमन्त्री महतले दाबी गर्नुभयो ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजीकरण, प्रोत्साहनको आवश्यकता रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्