
फाइल तस्बिर
सर्लाही । सर्लाहीको पिछडिएको मुसहर बस्तिमा बाख्रा बितरण गरीएको छ ।
साउथ एसिया पार्टनरशिप नेपालले बिपन्न बर्गको आयआर्जनका लागि बिपन्न परिवार बसोबास रहेको चन्द्रनगर, बसबरीया, हरिपुर र बरशथवाका मुसहर बस्तिमा बाख्रा बितरण गरेको हो ।
चार वटा पालिकाका १ सय ९१ मुसहर घरपरिवारलाई बाख्रासंगै पाडी, बंगुर, कुखुराका साथै तरकारीको बिऊ पनि बितरण गरेको संस्थाले जनाएको छ ।
मुसहर समुदायमा परिवारनै दैनिक ज्याला मजदुरी गर्न ईटा भट्टामा जाने गरेका छन् ।
बाख्रा, पाडी, बंगुर बितरण गरेपछि मुसहर महिलाहरु घरमै बसेर काम गर्ने र यसले आयआर्जनमा सहयोग गर्ने बिश्वास गरिएको छ । बाख्रा तथा पाडी पाएपछि समुदायका महिलाहरु खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्